बाइक


‘होन्डा अक्टिभा’ बन्यो भारतमा धेरै बिक्री हुने दुईपाङ्ग्रे सवारीसाधन

‘होन्डा अक्टिभा’ बन्यो भारतमा धेरै बिक्री हुने दुईपाङ्ग्रे सवारीसाधन

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार ७:४६,

दुई पाङ्ग्रे सवारीसाधन होन्डा अक्टिभा भारतमा सर्वाधिक बिक्री हुने सवारीसाधन भएको छ। भारतको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सर्वाधिक बिक्री हुनेमा होन्डा एक्टिभा परेको हो।

भारतमा आर्थिक मन्दीको बाबजुद पनि अप्रिलदेखि सेप्टेम्बरसम्म १३ लाख ९३ हजार २ सय ५६ वटा यो स्कुटर बिक्री भएको बताइएको छ। सन् २०१६–१७ मा दुई पांग्रे सवारीमा होन्डा अक्टिभा बेस्ट सेलिङ गर्दै नं १ स्कुटर बनेको थियो। दुई पांग्रे सवारीमा होन्डा अक्टिभाले मात्रै १४ प्रतिशत हिस्सा ओगटेको छ।

होन्डा अक्टिभा ३ फरक भेरियन्टमा उपलब्ध छ। होन्डा स्ट्यान्डर्ड एक्टिभा ५ जी, ५ जी स्पेसल इडिसन ११० सीसीको र होन्डा अक्टिभा १२५ सीसी रहेका छन्।

होन्डा अक्टिभा २००१ मा पहिलो पटक सार्वजनिक गरिएको थियो। जुन युनिसेक्स लुक्स, चलाउनको लागि सजिलो स्कुटरको रुपमा प्रख्यात भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad