ad ad

समाज


मोतिपुर औद्योगिक क्षेत्रकाे जमिन अतिक्रमण भएको भन्दै प्रशासनद्वारा निषेधाज्ञा जारी

मोतिपुर औद्योगिक क्षेत्रकाे जमिन अतिक्रमण भएको भन्दै प्रशासनद्वारा निषेधाज्ञा जारी

सुदीप भण्डारी
भदौ २९, २०७८ मंगलबार ११:५१, काठमाडौँ

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ। 

जिल्ला प्रशासन कार्यालय (रुपन्देही) ले बुटवल उपमहानगरपालिका १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको जग्गामा कुनै गतिविधि गर्न नपाइनेगरी निषेध आज्ञा जारी गरेको हो। 

सुकुम्बासीका नाममा संगठित रूपमा मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न थालिएकाले आजदेखि त्यस क्षेत्रमा निषेधाज्ञा लागू गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।

घरधुरीको संख्या हजार पुगेपछि प्रतिकारमा उत्रिने सूचना प्राप्त भएकाले निषेधाज्ञा जारी गरिएको उनले बताए। 

उनका अनुसार हाल औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर डेढ सय जति जनाले उपभोग गरिरहेका छन्।

कोही पाल टाँगेर बसेका छन् त कसैले आफ्नो क्षेत्र ओगटेर घाँस काट्ने गरेका छन्। 

निषेधाज्ञाको सूचनापछि अब संरचना हटाउने र जबर्जस्ती गरे कारबाही गरिने प्रमुख जिल्ला अधिकारी तामाङले बताए। 

स्थानीयले भने आफूहरूको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागेको आरोप लगाएका छन्। 

गत फागुनमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न आउँदा पनि स्थानीयले विरोधमा उत्रिएका थिए। पौडेलको गाडीमा ढुंगामुढासमेत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .