समाज


एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि उत्रिए नेपाली युवा

एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि उत्रिए नेपाली युवा

नेपालखबर
भदौ १८, २०७८ शुक्रबार १३:२२, काठमाडौँ

विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न मागसहित नेपाली युवाहरुले राजधानीस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका छन्। 

एमसीसी नेपालको हित विपरीत रहेको भन्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेर लगेको छ।  'एमसीसी खारेज राष्ट्रिय अभियान’को ब्यानरमा युवाहरु अमेरिकी दूतावास अगाडि प्रदर्शनमा जुटेका थिए। 

प्रहरीले उक्त अभियानका संयोजक एवम् माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यसमेत रहेका निर्ग जैसी 'नवीन'सहित १० जनालाई पक्राउ गरेको छ। उनीसँगै जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली पक्राउ गरेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .