ad ad

समाज


पब्लिक क्याम्पस संघ अध्यक्षमा सञ्जेल निर्वाचित

पब्लिक क्याम्पस संघ अध्यक्षमा सञ्जेल निर्वाचित

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार ८:१५,

नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय अध्यक्षमा शिवराज सञ्जेल निर्वाचित भएका छन्। आइतबार सम्पन्न संघको ११औं महाधिवेशनबाट प्रतिस्पर्धी शत्रुघ्न प्रसाद गुप्तालाई पराजीत गर्दै सञ्जेल अध्यक्षमा निर्वाचित भएका हुन्।

नवनिर्वाचित अध्यक्ष सञ्जेल त्रिवि सिनेटर तथा ललितपुरस्थित जनभावना क्याम्पसका क्याम्पस प्रमुख हुन्। देशभरका ५ सय ३२ सामुदायिक क्याम्पसहरुको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघको अधिवेशनबाट ४३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ।

समितिको उपाध्यक्षमा डा. अम्बु भवानी कार्की, प्रदिप कुमार कटुवाल र रामभक्त सिग्देल निर्वाचित भए ।

त्यसैगरी, महासचिवमा मुक्तिराम पाण्डे, उप महासचिवद्वयमा नारायणप्रसाद पौडेल र गोविन्दबहादुर कार्की तथा कोषध्यक्षमा सुरेन्द्र अधिकारी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष सञ्जेलका अनुसार प्रदेश संयोजकहरूमा प्रदेश १ वाट सुदूरपश्चिम प्रदेशसम्ममा क्रमशः रमेशचन्द्र रोक्का, प्रभु राउत पटेल, सागरमणि तिवारी, महाप्रसाद हडखले, मित्रलाल न्यौपाने, वकिल बस्नेत र जगदीश भट्ट निर्वाचित भएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .