समाज


जबर्जस्ती करणी उद्योगमा पक्राउ परेका गाउँपालिका अध्यक्ष साढे पाँच लाख धरौटीमा रिहा

जबर्जस्ती करणी उद्योगमा पक्राउ परेका गाउँपालिका अध्यक्ष साढे पाँच लाख धरौटीमा रिहा

नेपालखबर
भदौ ९, २०७८ बुधबार १०:२३, काठमाडौँ

जबरजस्ती करणी उद्योगमा पक्राउ परेका रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला साढे पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

गएको साउन २७ गते गाउँकै एक महिलालाई जबर्जस्ती करणीको आरोपमा शुक्ला पक्राउ परेका थिए। शुक्ला ५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

गएको साउन २४ गते आफ्नै घरमा पुगेकी एक महिलालाई जबर्जस्ती करणी प्रयास गरेपछि घटना सार्वजनिक भएको थियो। आफैँले बोलाएर आफ्नो घर पुगेकी महिलालाई उनले कोठामा थुनेर करणी गर्ने प्रयास गर्दा महिला भागेकी थिइन्। 

चोरी आरोपमा पक्राउ परेका आफ्ना पतिलाई छुटाइदिन उनले अध्यक्ष शुक्लासँग सहयोग माग गरेकी थिइन्।

अध्यक्ष शुक्लाले पतिलाई छुटाइदिने र पैसासमेत दिने प्रलोभन देखाई आफूलाई जबर्जस्ती करणीको प्रयास गरेको ती महिलाको आरोप छ।  पीडित महिलाले अध्यक्ष र उनका सहयोगीलाई समेत पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad