ad ad

समाज


बारामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

बारामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

नेपालखबर
भदौ ६, २०७८ आइतबार ९:३१, काठमाडौँ

बारामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। 

जितपुर सिमरा उपमहानगरपालिका १६ टागियामा गएराति साढे १० बजे दुई मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ। 

प्रदेश २-०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा दुबै मोटरसाइकलका चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। दुर्घटनामा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका-९ का १६ वर्षीय विकास साहको मृत्यु भएको छ।

त्यसैगरी दुर्घटनामा प्रदेश २-०३–००२ प ५३ ३५ नम्बरको मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सुनैनादेवी साहको पनि मृत्यु भएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .