ad ad

राजनीति


कुलप्रसाद केसीलाई शंकर पोखरेललको सुझाव : म जस्तै मितव्ययी बन्नूस्!

कुलप्रसाद केसीलाई शंकर पोखरेललको सुझाव : म जस्तै मितव्ययी बन्नूस्!

नेपालखबर
भदौ ६, २०७८ आइतबार ९:९, काठमाडौँ

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले साढे तीन वर्ष सत्ताको नेतृत्व गर्दा आफूले आर्थिक अनियमितता नगरेको दाबी गरेका छन्।

एमाले नेतासमेत रहेका पोखरेलले सामाजिक सञ्जालमार्फत प्रदेश सरकारको नेतृत्वमा रहँदा आफूले हेलिकप्टर प्रयोग नगरेको, महंगा गाडी नकिनेको, औषधि उपचार खर्च र भ्रमण भत्ता नलिएको दाबी गरेका हुन्।

‘साढे तीन वर्ष लुम्बिनी प्रदेशमा मुख्यमन्त्री रहँदा प्रदेश सरकारको कामका लागि हेलिकेप्टरको प्रयोग भएन, मुख्यमन्त्रीका लागि नयाँ र महंगा गाडी किनिएन, औषधि उपचार खर्च राज्यकोषबाट लिइएन,’ उनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘बास नबसेको अवस्थामा जिल्ला भ्रमण भत्ता लिइएन, उपलव्ध भएसम्म सरकारी गेष्ट हाउसको प्रयोग गरियो।’

उनले आफू जस्तै आर्थिक रुपमा मितव्ययी बन्न पनि वर्तमान मुख्यमन्त्री कुलप्रसाद केसीलाई सुझाब दिएका छन्। 

पोखरेलले अगाडि लेखेका छन्, ‘यसरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र आर्थिक मामिला मन्त्रालयको वेरुजु शून्यमा राख्न सकियो। यसलाई अहिलेको नेतृत्वले निरन्तरता दिन सक्दा सुशासनमा केही योगदान अवश्य पुग्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .