ad ad

राजनीति


नेकपाले जित्दा देशमा भाँडभैलो भयो, अब कांग्रेसलाई जिताउनु पर्छ : विमलेन्द्र निधि

नेकपाले जित्दा देशमा भाँडभैलो भयो, अब कांग्रेसलाई जिताउनु पर्छ : विमलेन्द्र निधि

नेपालखबर
भदौ ५, २०७८ शनिबार २२:११, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालको संविधानको सफल कार्यान्वयन गर्न आगामी चुनावमा नेपाली कांग्रेसलाई विजयी गराउन जनसम्पर्क समितिका सदस्यहरुलाई आह्वान गरेका छन्। 

नेपाली जनसम्पर्क समिति मुम्बईको कार्यालयमा शनिबार आयोजित भेटघाट कार्यक्रममा जनसम्पर्क समितिका सदस्यहरुसँग कांग्रेस उपसभापति निधिले यस्तो आह्वान गरेका हुन्।

विपी कोइरालाले नेपालमा प्रजातान्त्रिक आन्दोलनका लागि समर्थन जुटाउन मुम्बईमा नेपाली जनसम्पर्क समिति स्थापना गरेको इतिहास स्मरण गर्दै  निधिले आगामी चुनावमा  रुख चिन्हलाई विजयी गराउन अहिलेबाटै आफ्नो  जिल्ला र गाउँमा सक्रिय हुन अपील गरे। 

उनले गत निर्वाचनमा संघीय लोकतान्त्रिक प्रणालीप्रति इमान्दार नभएको नेकपाले जितेका कारण मुलुकमा भाँडभैलो मच्चिएको उल्लेख गर्दै संविधानको सफल कार्यान्वयनका अब कांग्रेसले जित्नुपर्ने उल्लेख गरे। 

प्रवासी नेपालीहरुको हकहितका लागि नेपाली कांग्रेसले सधैँ साथ दिँदै आएको बताउँदै उनले भविष्यमा पनि साथमै रहने आश्वासन दिएका छन्। 

कार्यक्रममा निधिले जनसम्पर्क कार्यालयको जग्गासम्बन्धी मुद्दामा सहयोग गरिदिन कार्यक्रममा सहभागी महाराष्ट्रस्थित राष्ट्रवादी कांग्रेसका सचिव बृजेश त्रिपाठीसँग आग्रह गरे। 

निधिको उक्त आग्रहपछि राष्ट्रवादी कांग्रेसका सचिव त्रिपाठीले जनसम्पर्क समितिको जग्गा विवादसम्बन्धी मुद्दामा आफूले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .