ad ad

समाज


पाँचवटा प्रदेशमा वर्षा जारी, दिनभर मौसम नखुल्ने अनुमान

पाँचवटा प्रदेशमा वर्षा जारी, दिनभर मौसम नखुल्ने अनुमान

नेपालखबर
भदौ २, २०७८ बुधबार ८:१६, काठमाडौँ

अहिले (बुधबार बिहान) प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ मा वर्षा भइरहेको हो। 

‘आज दिनभर नै वर्षा जारी रहने देखिएको छ,’ मौसमविद् श्रेष्ठले बुधबार बिहान नेपालखबरसँग भने, ‘पानी रोकिँदै पर्दै गर्ने देखिन्छ।’ 

उनका अनुसार उल्लिखित पाँचवटा प्रदेशका धेरैजसो स्थानमा अहिले पानी परिरहेको छ। कतिपयमा प्रदेशभरि नै वर्षा भइरहेको पनि हुन सक्छ। तर मौसम पूर्वानुमान महाशाखाले आफ्ना स्टेसन भएका स्थानका आधारमा अनुमान गरेको हो। 

मौसमविद् श्रेष्ठका अनुसार अहिले हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको हो। ‘तर बागमती र गण्डकीमा बिस्तारै भारी वर्षा पनि हुन थालेको देखिन्छ,’ उनले भने।

बागमती प्रदेशको धादिङतिर र गण्डकीको तनहुँतिर भारी वर्षा हुन थालेको उनले जानकारी दिए।

काठमाडौं उपत्यकामा पनि आज दिनभर नै वर्षा जारी रहने देखिए पनि भारी वर्षाको भने सम्भावना कम रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .