ad ad

कला


जेबी टुहुरे सीसीयूमा

जेबी टुहुरे सीसीयूमा

फाइल तस्बिर: प्रगतिशील गायक जेबी टुहुरे


नेपालखबर
भदौ २, २०७८ बुधबार ७:५१, काठमाडौँ

प्रगतिशील गायक जेबी टुहुरे बिरामी भएका छन्। अहिले उनी बल्खुस्थित बयोधा अस्पतालको सीसीयू कक्षमा उपचाररत छन्। 

उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई ‘स्ट्रोक’ भएको हो। 

परिवारजनका अनुसार ७६ वर्षीय टुहुरे हिजो (मंगलबार) दिउँसो घर (कलंकी) मै अचानक बेहोस भएर लडेपछि उनलाई अस्पताल भर्ना गरिएको हो।  

डेढ सयभन्दा बढी गीत गाएका टुहुरेकाे सबैभन्दा चर्चित गीत हो–  ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’।

यस्तै  ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ बोलको गीत पनि निकै चर्चित छ। 

२०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो।

सुनसरीको धरान घर भएका उनी दोस्रो संविधान सभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए। 

उनको नाममा जेबी टुहुरे फाउन्डेसनसमेत स्थापना गरिएको छ। २०७५ सालमा स्थापित फाउन्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .