समाज


यी हुन् इम्युनिटी कमजोर भएका ५ संकेत र बढाउने ८ उपाय

यी हुन् इम्युनिटी कमजोर भएका ५ संकेत र बढाउने ८ उपाय

नेपालखबर
साउन ३१, २०७८ आइतबार ११:१, काठमाडौँ

शरीरमा हुने प्रतिरक्षा प्रणाली (इम्युनिटी) ले हामीलाई विभिन्न रोगबाट बचाउँछ। इम्युनिटी कमजोर छ भने यसको संकेत शरीरले पनि दिइरहेको हुन्छ। त्यस्तो संकेत पाउनासाथ इम्युनिटी बढाउने उपाय गर्न सकिन्छ। यो कोरोनाकालमा इम्युनिटीको महत्त्व झनै बढी भएको छ। यसर्थ आउनुहोस्, भारतस्थित एम्स ओन्कोलोजी विभागका एसोसिएट प्रोफेसर अजय गोगियाले बताएअनुसार इम्युनिटी कमजोर हुनाका संकेत र बढाउने उपाय उपाय जानौं–

१. लामो समय तनावः लामो समयसम्म तनावका कारण पनि इम्युनिटी सिस्टममा असर पर्छ र कमजोर हुन्छ। अमेरिकन साइकोलजिकल एसोसिएसनका अनुसार तानले शरीरमा लिम्फोसाइट अर्थात् सेतो रक्त कोषिकाको मात्रा घटाइदिन्छ। जुन कोषिकाले रोगसँग लड्न मद्दत गर्छ। 

२. रुघा लागिरहनुः चिसो मौसममा २ देखि ३ पटकसम्म रुघा लाग्नु सामान्य हो। धेरैजसो मानिसलाई ७ देखि १० दिनसम्ममा ठीक पनि हुन्छ। रोगविरुद्ध लड्ने इम्युन सिस्टमलाई एन्टिबडी बनाउन ३ देखि ४ दिनसम्म लाग्छ। यदि तपाईंलाई बारम्बार रुघा लाग्छ भने यो कमजोर इम्युनिटीको संकेत हो। 

३. कानमा प्रायः संक्रमण हुनुः अमेरिकन एकेडेमी अफ एलर्जी अस्थमा एन्ड इम्युनोलजीका अनुसार वर्षमा चारपटक भन्दा बढी कानमा संक्रमण हुन्छ, दुईपटक निमोनिया हुन्छ भने यी इम्युन सिस्टम कमजोर भएका संकते हुन सक्छन्। यसलाई बेवास्ता गर्न हुन्न। 

४. पेट गडबड भइरहनुः नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार इम्युनिटी ७० प्रतिशत पाचन प्रणालीमा निर्भर रहन्छ। पेटमा पाइने हितकारी जीवाणुले पनि पाचन प्रणालीको रक्षा गर्छ। यदि तपाईंलाई पखाला लागिरहन्छ, कब्जियत भइरहन्छ भने यो इम्युनिटी कमजोर भएको संकेत हुन सक्छ। 

५. शरीरका चोटपटक निको हुन समय लाग्नुः शरीरमा काटेर वा जलेर चोटपटक लागेपछि त्यो पुरिने प्रक्रिया द्रुत गतिमा सुरु हुन्छ। त्यसमा नयाँ छाला निर्माण हुन पोषक तत्त्वयुक्त रगतले मद्दत गर्छ। यो प्रक्रिया पनि इम्युन कोषिकामा निर्भर हुन्छ। तर घाउ निको हुन ढिला लाग्छ भने त्यो कमजोर इम्युनिटीको संकेत हुन सक्छ। 

इम्युनिटी बढाउने ८ उपाय
१. सन्तुलित भोजन लिनुस्

२. पूरा निद्रा लिनुस्

३. नियमित कसरत गर्नुस्

४. हातको सरसफाइ

५. आवश्यक खोप लिनुस्

६. धूमपानबाट टाढै रहनुस्

७. तनावबाट बच्नुस्

८. तौल सन्तुलनमा राख्नुस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad