पाकिस्तानको कराँची शहरको बाहिरी इलाका आइतवार भएको ग्रिनेड आक्रमणमा कम्तीमा पनि ११ जना मारिएका छन्। यो आक्रमणमा अन्य कयौँ घाइते भएका छन्।
समाचार अनुसार एक एक मिनी ट्रकमा भएको ग्रिनेड हमलामा एकै परिवारका ११ को ज्यान गएको हो। जसमा ६ जना महिला र ४ जना बालबालिका पनि छन्। हमलामा अन्य ९ जना घाइते भएका छन्।
बलदिया इलाकामा भएको यस घटनाबारे सुरुमा सिलिन्डर ग्यास फुटेको अनुमान थियो। तर कराँची पुलिसको आतंकवाद निरोधी दस्ताका एक अधिकारी रजा उमर खत्ताबले सिलिन्डर विस्फोट नभएर ग्रिनेड आक्रमण भएको पुष्टि गरेका छन्।
उनले घटनास्थलमा अर्को एउटा नपड्किएको बम पनि भेटिएको बताएका छन्। यो आक्रमणमा प्रयोग गरिएका केही विष्फोट पदार्थका सामाग्री पनि भेटिएका छन्।
पुलिसका अनुसार विस्फोट स्थानीयस्तरमै बनाइएको बमबाट गरिएको थियो। विस्फोटपछि ट्रकमा छर्रा र नट बोल्टका टुक्रा भेटिएका छन्।
घटनास्थलमा पुगेपछि उनले भने, 'यो एक आतंकवादी हमला थियो। गुडिरहेको मोटरसाइकलबाट मिनी ट्रकमा ग्रिनेड फ्याँकेको भेटिएको छ।'
Shares

प्रतिक्रिया