सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित शिव मन्दिर अगाडिको पोखरीमा ११ वर्षीया बालिकाको शव फेला परेको छ।
शनिबार दिउँसो पोखरीमा नुहाउन जाँदा बेपत्ता भएकी बालिकाको शव शनिबार साँझ पोखरीमा फेला परेको प्रहरीले जनाएको छ।
कञ्चनरुप–४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी डल्ली भनिने यासिकाको शव पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।
पोखरीमा नुहाउन जाँदा पोखरीभित्रै ती बालिका बेपत्ता भएकी थिइन। प्रहरी र स्थानीयवासीको खोजी गर्ने क्रममा उनी मृत फेला परेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए।

प्रतिक्रिया