राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमण पूरा गरी आज (आइतबार) बिहान जापान प्रस्थान गरेकी छन्।
राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्माको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ को, याङ्गुनका मुख्यमन्त्री यु फियो मिन थिन र म्यान्माको लागि नेपाली राजदूत गणेशप्रसाद ढकाललगायतले बिदाइ गरेका छन्।
म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा भण्डारी बुधबार म्यान्मा गएकी थिइन्।
थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपति आज राति भण्डारी जापान पुग्नेछ कार्यक्रम छ।
राष्ट्रपति भण्डारी जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया