छापा खबर


विश्वकै प्रभावशाली महिला बोनिता शर्मालाई प्रश्न : तपाईं यो स्थानमा के तागतले पुग्नुभयो?

विश्वकै प्रभावशाली महिला बोनिता शर्मालाई प्रश्न : तपाईं यो स्थानमा के तागतले पुग्नुभयो?

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार १:४०,

काठमाडौँ भद्रवासकी बोनिता शर्मा २८ वर्षकी भइन्। उनी बीबीसी विश्व सेवाको प्रभावशाली एक सय महिलाको सूचीमा अटाउन सफल भएकी छन्।

महिलाको स्वास्थ्य परिवर्तन गर्ने विचारसहित सोचाइ : युथ फर न्युट्रिसन संस्थाले गरेको कामको आधारमा उनलाई यो सूचीमा समेटिएको हो।

आज प्रकाशित नेपाल साप्ताहिकले बोनितासँगको अन्तर्वाता प्रकाशित गरेको छ।

तपाईंलाई प्रभावशालील महिलाको पंक्तिमा उभ्याउने तागत के हो?

हामीले आमा र किशोरीहरुको समस्यालाई नयाँ ढंगले समाधान निकाल्न खोज गरेका छौँ।

यसमा रंगीबिरंगी मालाका माध्यमबाट महिलाका स्वास्थ्य सम्बन्धि समस्याको समाधान खोजेका छौँ।

यसको प्रभाव गज्जबै छ त?
हामीले मालामार्फत् आमाहरुलाई ज्ञान दियौँ। यति सानो विचारले तिनमा पोषणसम्बन्धी ज्ञानमा नसोचेको परिवर्तन आयो। किशोरीहरुमा पनि महिनावारी सम्बन्धि ठूलो समस्या छ।

त्यसको कारण?
किशोरकिशोरीको स्वास्थ्यको ठूलो शत्रु जंक फुड हुन्। हामी जति पनि स्कुलमा गयौँ, त्यहाँ जंक फुडको महामारी पाइयो। यसले हामीलाई रोगी बनाइरहेको छ।

सबै जंक फुड हानिकारक हुन्छन्?

जंक फुड खाँदा पेट भरिएजस्तो हुन्छ तर शरीर भोकै हुन्छ। किनभने त्यसमा शारीरिक विकासका लागि आवश्यक पोषक तत्व पाइँदैन। ती खानेकुरा कमसल कच्चा पदार्थद्वारा उत्पादित हुन्छन्।

किशोराबस्थामा यसको असर नदेखिए पनि पछि गएर मधुमेह, मोटोपना, मुटुरोग जस्ता समस्या आउँछन्।

जंक फुड रोक्ने उपाय के त?
गाउँमा स्थानीय खान्कीको महत्व नबुझ्दा र सहरमा अधिक जंक फुडले कुपोषण बढिरहेको छ। यसबारे अभिभावक, शिक्षक, विद्यार्थीलाई ज्ञान दिने अभियान चलाउनु पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad