सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलले बुझाएको सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न नेताहरु छलफलमा जुटेका हुन्।
प्रधामन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको छ।
बैठकमा कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ।
देउवा नेतृत्वमा सरकार बनेको एक महिना हुन लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। यहीकारण गठबन्धनका दल आलोचित भइरहेका छन्।
साझा कार्यक्रम सार्वजनिक तयार सत्तारुढ दलले गरे पनि मन्त्रिमण्डल विस्तार अझै अनिश्चित छ। कांग्रेस, माओवादी र जसपाले अझै पनि मन्त्री हुने अनुहार छान्न सकेका छैनन्।
Shares

प्रतिक्रिया