समाज


सुनकोशीमा दुई विद्यार्थी वेपत्ता

सुनकोशीमा दुई विद्यार्थी वेपत्ता

नेपालखबर
असार ४, २०७६ बुधबार १५:५,

उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटेको बुतुवास्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई युवक आज नदीले बगाएर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटे बुतुवाका १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रवीण राई रहेका छन्। दुबैजना आज बिहान १० बजे सुनकोशी नदीमा माछा मार्न गएका थिए।

उनीहरुको खोजीकार्य भइरहेको लिम्चुङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिलाकुमारी राईले बताइन्।

नदीमा बेपत्ता भएका दुवै युवकको खोजीका लागि घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ भने खोटाङ र धनकुटास्थित सुनकोशी नदी क्षेत्रका प्रहरीलाई पनि बेपत्ता युवकको खोजीका लागि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए।

गाउँपालिकाकी उपाध्यक्ष राईका अनुसार बेपता हुने देवकुमार बुतुवा माध्यमिक विद्यालयबाट एसईई दिएका र अर्का प्रवीण कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad