समाज


भक्तपुरको काठमाडौं क्यान्सर अस्पतालले थाल्यो सर्जरी सेवा

भक्तपुरको काठमाडौं क्यान्सर अस्पतालले थाल्यो सर्जरी सेवा

नेपालखबर
साउन २०, २०७८ बुधबार १३:१६, काठमाडौँ

भक्तपुर। जिल्लाको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा शल्यक्रिया (सर्जरी) सेवा सुरु भएको छ। 

सेन्टरमा मंगलबार पहिलो पटक थाइराइड क्यान्सर भएका बिरामीको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ। 

अस्पतालमा ४८ वर्षीय एक पुरुषको थाइराइड क्यान्सरको सल्यक्रिया नाक, कान र घाँटी अंकोसर्जन डा. रिजेन्द्र योगलको टीमले गरेको हो।

सर्जरी सेवाको विस्तारसँगै अस्पतालमा अब क्यान्सरका बिरामीले रेडिएसन र केमोथेरापीसँगै शल्यक्रिया सेवा पनि पाउने भएका छन्।

उपचारका लागि आउने बिरामीलाई आवश्यक पर्ने सबै सेवा उपलब्ध गराउन सेवा विस्तार गरिएको सेन्टरका अध्यक्ष डा अञ्जनी कुमार झाले जानकारी दिए। 

उनका अनुसार सेन्टरले बिरामीको सहज र सुविधायुक्त सेवालाई ख्याल राख्दै सेवा थप गर्दै लगिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad