समाज


लखनउमा हिन्दू समाज पार्टीका नेताको पार्टी कार्यालयमै गोली हानेर हत्या

लखनउमा हिन्दू समाज पार्टीका नेताको पार्टी कार्यालयमै गोली हानेर हत्या

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ११:५१,

भारतको उत्तर प्रदेश राज्यको लखनउमा हिन्दू समाज पार्टीका नेतामाथि गोली प्रहारका साथै घाँटी रेटेर हत्या गरिएको छ।

हिन्दू समाज पार्टीका नेता कमलेश तिवारीमाथि गोली प्रहार गर्नुका साथै घाँटी रेटेर हत्या गरिएको हो।

गोली र धारिलो हतियार प्रहारबाट गम्भीर घाइते बनेको तिवारीको आना फनान ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। उनको घाँटीमा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ। प्रहरीले नेता तिवारीमाथि गोली प्रहार हुनुका साथै धारिलो हतियारसमेत प्रयोग गरेको पुष्टि गरेको छ।

नेता तिवारीमाथि खुसर्दी बागस्थित हिन्दू समाजवादी पार्टीको कार्यालयमा एक आक्रमणकारीले मिठाइका डिब्बामा चक्कु र पेस्तोल लुकाएर ल्याइ आक्रमण गरेका थिए। आक्रमण लगत्तै ती व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीले नेता तिवारीको फोनको डिटेल जनाकारी लिनुका साथै चारैतिर निगरानी बढाएको छ। प्रहरीले घटनास्थलबाट चक्कुका साथमा कारतुस नामक पेस्तोल समेत बरामद गरेको छ।

हिन्दू महासाभाका नेता तिवारीले डिसेम्बर २०१५ मा पैगम्बर महम्मदका विरुद्ध विवादास्पद बयान दिएका थिए। यसलाई लिएर लखनमा ठूलाे  हंगामा भएको थियो। त्यसपछि उनलाईै प्रहरीले गिरफ्तार गरेको थियो। हालसालै रिहा भएका उनीमाथि लागेको आरोप इलाहावादको उच्च अदालतले खारेज गरिदिएको थियो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad