जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ४२ क्विन्टल अवैध चिनी बरामद गरेको छ।
बिहिवार भीमदत्त नगरपालिका–१ भाँसीबाट भन्सार छली ल्याएको दुई लाख ७३ हजार रुपैयाँ बराबरको अवैध चिनी बरामद गरेको हो।
भारतबाट भन्सार छली चोरी पैठारी गरी चिनी ल्याउने कार्यमा संलग्न भीमदत्त नगरपालिका–१८ का व्यवसायी बिक्की गुप्तालाई पनि नियन्त्रणमा लिएको डिएसपी सिद्धराज न्यौपानेले बताए।
उनका अनुसार बरामद चिनी र आरोपी व्यवसायीलाई थप कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय बुझाइएको छ।
36
Shares

प्रतिक्रिया