समाज


केन्द्रीय सुरक्षा समितिको बैठक, कोभिडको तेस्रो लहरविरुद्ध तयारी थाल्ने

केन्द्रीय सुरक्षा समितिको बैठक, कोभिडको तेस्रो लहरविरुद्ध तयारी थाल्ने

केन्द्रीय सुरक्षा समितिको बैठक। तस्बिर : दिनेशविक्रम शाह


नेपालखबर
साउन १०, २०७८ आइतबार १८:१३,

गृहमन्त्रालय मातहतको केन्द्रीय सुरक्षा समितिले स्वास्थ सामग्री सहज व्यवस्थापन र कालो बजारी नियन्त्रण गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको समितिको बैठकले कोभिड–१९ को तेश्रो लहर बढ्ने सम्भावना उच्च रहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ सामग्री सहज व्यवस्थापन र कालो बजारी नियन्त्रण गर्ने निर्णय गरेको हो।

बैठकले बाढी, पहिरो र डुबानमा परेका समुदायको राहत, उद्धार र स्वास्थ तथा खाद्य सामग्री ढुवानीका लागि हेलिकोप्टर व्यवस्थापन गर्ने निर्णय गरेको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बैठकले साइबर क्राइम नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने पनि निर्णय गरिको छ।

बैठकमा गृह सचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, रक्षा मन्त्रालयका सह–सचिव आलोकचन्द्र श्रेष्ठ, गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल उपस्थित थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad