ad ad

खेल


राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामा घोषणा

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामा घोषणा

नेपालखबर
साउन १०, २०७८ आइतबार १२:३७,

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा घोषणा गरेका छन्। उनले अखिल नेपाल फुटबल संघ (एन्फाका) वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिनुपरेको बताएका छन्।

वरिष्ठ उपाध्यक्ष नेम्वाङले दिनदिनै अनेक बहाना र नाटक गरेर आफूलाई दु:ख दिएको दाबी उनले गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत अलमुताइरीले एक्कासि राजीनामा घोषणा गरेका हुन्। उनले राजीनामा पत्र आजै एन्फामा बुझाउने बताएका छन्। 

मुख्य प्रशिक्षकको राजीनामा घोषणापछिको अवस्थाको छलफलका लागि एन्फामा बैठक बसिरहेको छ। एन्फा प्रवक्ता किरण राईले प्रशिक्षकको राजीनामा औपचारिक रुपमा नआएको जानकारी दिएका छन्।

'म एन्फामा राजीनामा दिन गइरहेको छु। वरिष्ठ उपाध्यक्षका कारण म राजीनामा दिन बाध्य छु', उनले भनेका छन्, 'पछिल्लो ३ हप्ता प्रत्येक दिन उनले ममाथि नाटक गरिरहेका थिए। अब उनी खुशी भए होलान्।' 

गतवर्ष चैत २२ मा उनी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। तत्कालिन मुख्य प्रशिक्षक बालगोपाल महर्जनको स्थानमा उनलाई नियुक्त गरिएको थियो।

अलमुताइरीको प्रशिक्षकत्वमा नेपालले विश्वकप छनोटका ३ खेल खेलेको थियो।  

जसमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो भने  जोर्डन र अष्ट्रेलियासँग समान ३–० गोलअन्तरले पराजित भएको थियो। 

यस्तै त्यसअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा नेपाल ६-२ गोल अन्तरले पराजित भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .