ad ad

समाज


निषेधाज्ञामा ६८० महिला तथा बालबालिकामाथि हिंसा

निषेधाज्ञामा ६८० महिला तथा बालबालिकामाथि हिंसा

सांकेतिक तस्बिर


नेपालखबर
साउन ५, २०७८ मंगलबार १९:५४,

कोभिड–१९ रोकथामका लागि जारी भएको निषेधाज्ञाको समयमा ६८० महिला तथा बालबालिकामाथि हिंसाको घटना भएको छ। महिला पुनःस्थापना केन्द्र (ओरेक) ले संकलन गरेको घटनाका आधारमा निषेधाज्ञाको समयमा धेरै महिला र बालबालिका पीडित भएको पाइएको हो। ओरेकले वैशाख १६ देखि असार ३१ गतेसम्म संकलन भएका घटनाका आधार बनाएर अध्ययन गरेको थियो। 

सो अवधिमा अभिलेखीकरण भएकामध्ये सबैभन्दा बढी ३४१ घटना घरेलु हिंसा रहेको छ। झण्डै ५० प्रतिशत घरेलु हिंसाको घटना भएको तथ्यांकले देखाएको छ। एक सय ६८ शारीरिक हिंसा, ५८ गालीगलौच र मानसिक हिंसा, ३७ वटा चारीत्रिक आरोपका घटना छन्।

घटना हुनुको कारण विश्लेषण गर्दा महिलाले दाइजो नल्याएको वा कम ल्याएको, छोरा नजन्माएको निहुँ, विवाहको लामो समयसम्म सन्तान नजन्मिएको लगायत विषयमा महिलालाई दोष लगाएर गालीगलौच गरेको पाइएको छ। हिंसा पीडिक महिलामध्ये २८ जनालाई परिवारमा माया नदिएर बेवास्ता गरिएको, १० जनालाई विवाह दर्ता नभएको, आठलाई नागरिकता नबनाएको  र पाँच जनालाई स्वास्थ्योपचार नदिएको बताइएको छ। 

यस अवधिमा भएका घटनामध्ये २१ प्रतिशत बलात्कार, नौ प्रतिशत सामाजिक हिंसा, एक प्रतिशत बलात्कारको प्रयास, तीन प्रतिशत यौन दुर्व्यवहार र दुई प्रतिशत हत्याको प्रयास रहेको छ। यस अवधिमा तीन आत्महत्याको प्रयास, पाँच एसिड आक्रमण, १७ अलपत्र पारिएको र एक विद्युतीय अपराधसँग सम्बन्धित घटना रहेको छ। 

यस अवधिमा भएका घटनाका आधारमा हिंसा गर्नेमा सबैभन्दा धेरै ३११ श्रीमान् रहेका छन्। एक सय १८ परिवारका अरु सदस्य रहेका छन्। सो तथ्यांकका आधारमा घर र परिवारमा सबैभन्दा सुरक्षित हुनुपर्ने भए पनि त्यही महिला र बालिका असुरक्षित भएको पाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .