समाज


पत्रकार आचारसंहिता नेवा र मैथिली भाषामा प्रकाशित

पत्रकार आचारसंहिता नेवा र मैथिली भाषामा प्रकाशित

नेपालखबर
साउन ५, २०७८ मंगलबार १९:३३,

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा अनुवाद गरी प्रकाशन गर्ने अभियानलाई तीव्रता दिएको छ। काउन्सिलले हाल २ वटा (नेवा र मैथिली) भाषामा आचारसंहिता प्रकाशन गरेकोमा थप ३ वटा भाषामा अनुवाद गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ। 

काउन्सिलको विधागत पत्रकारिता विकास उपसमितिद्वारा मंगलबार आयोजित ‘विधागत पत्रकारिताको विकासमा प्रेस काउन्सिलको भूमिका’ विषयक कार्यक्रममा काउन्सिलले जारी गर्ने पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा अनुवाद गर्ने कार्यलाई तीव्रता दिइएको बताइयो। 

हाल मैथिली र नेवा २ वटा भाषामा अनुवाद गरिएको र थप ३ वटा (डोटेल, थारु र भोजपुरी) भाषामा अनुवाद गर्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए। उनले विधागत पत्रकारिताको विकासका लागि आवश्यक पहल लिन काउन्सिल तयार रहेको भन्दै सम्बन्धित पक्षबाट आउने सल्लाह र सुझाव सङ्कलन गरी हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे। अध्यक्ष बस्नेतले विधागत पत्रकारितालाई बलियो बनाउन सके देश समृद्ध हुने भन्दै भाषाको जगेर्नामा टेवा पुग्ने बताए। उनले काउन्सिलले मातृभाषामा आचारसंहिता प्रकाशन गर्दै मातृभाषाको संरक्षण र सम्बर्द्धनमा योगदान दिएको बताए। 

विधागत पत्रकारिता विकास उपसमितिका संयोजक एवं काउन्सिलका सदस्य शरदप्रसाद अधिकारीले साहित्यलाई अनुत्पादक क्षेत्र भनेर सरकारले प्राथमिकतामा नराखेको गुनासो गरे।  भाषा र संस्कृतिलाई बचाउनु पत्रकारिताको दायित्व भएकाले पनि यस किसिमका कार्यक्रम आउने दिनहरूमा गर्दै लैजाने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .