भातरका उद्योगपति राज कुन्द्रालाई सोमबार राति मुम्बई प्रहरीले अश्लील फिल्म बनाएर वितरण गरेको अभियोगमा गिरफ्तार गरेको छ।
मुम्बईको क्राइम ब्रान्चले फेब्रेअरी २०२१ मा अश्लील भिडिओ बनाएको र उनको उपस्थिती अश्लील एपमा देखिएको भन्दै उनीविरुद्ध मुद्दा दर्ता गराएको थियो। प्रहरीले यसबारे आफूसँग पर्याप्त प्रमाण भएको जनाएको छ।
केही समय पहिले वेब सिरिजको नाममा अश्लील फिल्म बनाउने गिरोहबारे पर्दाफास भएको थियो। जसमा अभिनेत्री गहना वशिष्टको नाम मुछियो।
यस मामिलामा ४० वर्षीय पुरुषलाई मुम्बई अपराध शाखाको सम्पत्ति सेल पुलिसले गुजरातको सुरतबाट पक्राउ गरेको थियो।
प्रहरीले केरकारमा कसरी त्यस्ता भिडियो एपहरूमा डाउनलोड गर्ने गर्छन् भनेर प्रश्न थिए। सो मुद्दामा उमेश कामतलाई पक्राउ गरिएको थियो।
उमेश कामत राज कुन्द्राको कम्पनीमा प्रबन्ध निर्देशक हुन्। त्यस समयमा यो खबर आयो कि वेबसिरिजको नाममा अश्लील शृंखला बनाउने यो गिरोह मुम्बई र गुजरातबाट देश–विदेशमा फैलिएको छ।
यसअघि अभिनेत्री पुनम पाण्डेले राज कुन्द्रा र उनका साथीविरुद्ध बंम्बई उच्च अदालतमा गुनासो पेस गरेकी थिइन्। पूनमले राज कुन्द्राको कम्पनीले उनीहरूको फोटोको दुरुपयोग गरेको आरोप लगाएकी थिइन्।
यद्यपि, राज कुन्द्राले यस मुद्दामा उनीमाथि लगाइएको आरोपलाई खारेज गरिसकेका थिए।
राज कुन्द्रा भारतकी चर्चित अभिनेत्री शिल्पा सेट्टीको श्रीमान हुन्। एजेन्सी
Shares

प्रतिक्रिया