ad ad

समाज


उत्तर कोरियाले ‘ओप्पा’ भन्नेलाई र दक्षिणको फेसन–हेयर स्टाइल सिको गर्नेलाई मृत्युदण्ड दिने

उत्तर कोरियाले ‘ओप्पा’ भन्नेलाई र दक्षिणको फेसन–हेयर स्टाइल सिको गर्नेलाई मृत्युदण्ड दिने

(फाइल तस्बिर)


नेपालखबर
साउन ४, २०७८ सोमबार १४:३८,

उत्तर कोरियाले दक्षिण कोरियाको फेसन, हेयर स्टाइल, त्यहाँको के–पप संस्कार र विदेशी चलचित्रहरुको सिडी राख्नेलाई कडा सजाय हुने पुनः बताएको छ।

उत्तर कोरियाको सरकारी पत्रिका रोदोङ सिनमुनमा दक्षिण कोरियाली सँस्कृती पछ्याउने र विदेशी सँस्कृती सिको गर्न खोज्नेलाई कडा सजाय हुने अथवा उनीहरुलाई मृत्युदण्ड नै हुनसक्ने उल्लेख गरिएको छ।

पत्रिकाको लेखमा भनिएको छ,‘पूँजीपति वर्गको विचार र सँस्कृती बन्दुक भएका दुश्मनभन्दा बढी खतरनाक हुन्छ।’

दक्षिण कोरियामा श्रीमान र प्रेमीलाई सम्बोधन गर्ने शब्द ‘ओप्पा’ पनि उत्तर कोरियाले प्रतिबन्ध लगाएको छ।

उत्तर कोरियामा ओप्पा भनेको ‘ठूल्दाई’ हो। यस्ता शब्दले उत्तरको सँस्कृती धरापमा पर्ने पत्रिकाले बताएको छ।

दक्षिण कोरियाको के–पप संस्कार विश्वभर प्रचलित छ। तर उत्तर कोरियाले के–पपलाई क्यान्सरको संज्ञा दिएको छ। के–पपले उत्तर कोरियाली युवा बिगार्ने चिन्ता व्यक्त गरिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .