समाज


विश्वभर साढे तीन अर्ब भन्दा धेरै डोज खोप लगाइयो

विश्वभर साढे तीन अर्ब भन्दा धेरै डोज खोप लगाइयो

नेपालखबर
साउन ३, २०७८ आइतबार ८:०,

विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार १ सय १४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। पछिल्लो समय विश्वभर कोरोनाविरुद्धको खोप अभियानले तीव्रता पाउन थालेको छ।

विश्वमा सबैभन्दा धेरै डोज खोप चीनमा लगाइएको छ। चीनमा एक अर्व ४२ करोड ६३ लाख ४७ हजार डोज खोप लगाइएको छ। त्यस्तै भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८ सय ७९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। 

त्यसैगरी अमेरिकामा ३३ करोड ५४ लाख ७४ हजार तीन डोज खोप लगाइएको छ भने ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार १५२ डोज खोप लगाइएको छ। 

जर्मनी आठ करोड ४९ लाख ८९ हजार ८५०, बेलायतमा आठ करोड २३ लाख ९२ हजार १९४, जापान छ करोड ६७ लाख १४ हजार ५२८, फ्रान्समा छ करोड ३३ लाख १९ हजार ८०५,  टर्कीमा छ करोड २४ लाख १२ हजार २३४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। 

त्यसैगरी इटाली छ करोड पाँच लाख ७१ हजार ३४१ डोज खोप लगाइएको छ। विश्वका विकासशील राष्ट्रभन्दा विकसित देशहरुले धेरै खोप लगाएका छन्। एजेन्सी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad