उच्च अदालत इलामका कर्मचारी मृत फेला परेका छन्। सोमबार बिहान अदालत परिसरमै महिला कर्मचारी मृत फेला परेको इलामका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।
सोलुखुम्बु घर भएकी उच्च अदालतकी कार्यालय सहयोगी ४८ वर्षीया बिमलादेवी पराजुलीको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ।
अहिले घटनाको अनुसन्धानका लागि धरानबाट कुकुर मगाइएको एसपी श्रेष्ठले नेपालखबरलाई बताए।
बिहान पौने ८ बजे प्रहरीलाई खबर प्राप्त भएको र अहिले घटनास्थल सुरक्षित गरेर डग स्न्यापिङका लागि पर्खिरहेको इलाम प्रहरीले जनाएको छ।
12
Shares

प्रतिक्रिया