ad ad

समाज


एक मात्रा लगाए पुग्ने ‘जेन्सेन’ खोप नेपाल ल्याइँदै

एक मात्रा लगाए पुग्ने ‘जेन्सेन’ खोप नेपाल ल्याइँदै

नेपालखबर
असार २३, २०७८ बुधबार ८:१२,

एक मात्रा लगाए पुग्ने कोरोनाविरुद्धको ‘जेन्सेन’ खोप नेपाल ल्याइने भएको छ। कोभाक्स सुविधा अन्तर्गत अनुदानमा जेन्सेन खोप नेपाल ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित कोभिडविरुद्धको ‘जेन्सेन’ खोप एक मात्रा मात्र लगाए पुग्ने विज्ञहरुले बताएका छन्।

स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलका अनुसार जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ खोप एक मात्रा मात्रै लगाउँदा पुग्छ। अहिलेसम्म नेपालमा भारत र चीनबाट ल्याइएका खोप दुई मात्रा लगाउनु पर्ने खालका छन्। 

नेपालले अनुदानमा पाउन लागेको ‘जेन्सेन’ खोप १८ वर्षभन्दा माथि सबै उमेरका मानिसलाई लगाउन सकिन्छ। विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि गत फेब्रुअरीमै अनुमति प्रदान गरेको थियो।   ‘जेन्सेन’ खोपको कति मात्रा नेपालले पाउन लागेको हो भन्ने खुलिसकेको छैन। अबको एक सातामा त्यसको टुंगो लाग्ने पोख्रेलले बताए। 

कोभाक्स सुविधाअन्तर्गत नेपालले कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप अनुदानमा पाउने छ।

यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो खोप गम्भीर र अस्पताल भर्ना भएका बिरामीमा ८५.४ प्रतिशत प्रभावकारी देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .