समाज


खातामा रकम नभएको चेक दिएर १५ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

खातामा रकम नभएको चेक दिएर १५ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

नेपालखबर
असार २२, २०७८ मंगलबार १५:२६,

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौं जिल्ला साविक चपली भद्रकाली गाविस–३ हाल बूढानीलकण्ठ नगरपालिका–७ बस्ने वर्ष ५९ को लाक्पा लामा रहेका छन्।

लामालाई उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले सात दिन कैद र १५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। उक्त सजाय वेरुजू रही फरार रहेका उनलाई ब्यूरोबाट खटिएको टोलिले मंगलबार चक्रपथबाट पक्राउ गरेको हो।

२०७५ सालमा लामाले व्यापार व्यवसाय गर्नको लागि रकम लिएको र उक्त रकम बराबरको चेक पीडित व्यक्तिलाई पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी जनता बैंकमा रहेको आफ्नो खाताबाट भुक्तान हुने गरी १५ लाख रुपैयाँ बराबरको चेक काटी दिएको प्रहरीले जनाएको छ।  

लामालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad