समाज


जापानमा पहिरो : बेपत्ता ८० जना अझै भेटिएनन्

जापानमा पहिरो : बेपत्ता ८० जना अझै भेटिएनन्

नेपालखबर
असार २२, २०७८ मंगलबार ५:२६,

जापानमा पहिरोमा परेर वेपत्ता भएका ८० जना अझै फेला परेका छैनन्।

गत शनिबार विहान आएको पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेपनि अहिलेसम्म फेला पार्न नसकिएको अधिकारीहरुले जनाएका छन्।

देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक बर्षपछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। 

अतामी सहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भएपनि सफलता प्राप्त हुन नसकेको बताए।  

घटनास्थलबाट २२ जनालाई जीवितै उद्धार गरिएको छ भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ । प्रहरी अधिकारीहरूले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन्। 

घटना भएको बेला त्यस क्षेत्रमा २१५ जना मानिस थिए। पहिरो गएको ठाउँमा १३० ओटा घर रहेको जानकारी स्थानीयले दिएका छन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad