बेलायतमा मास्क अनिवार्य बनाउने विषयमा त्यहाँको सरकार नरम रुपमा प्रस्तुत भएको छ।
फेस मास्क लगाउने वा नलगाउने विषय मानिसको व्यक्तिगत छनौटको विषय भएको त्यहाँका आवासमन्त्रीले बताएका हुन्।
बेलायतमा कोरोना भाइरसको प्रभाव भर्खर कम हुँदै गएको देखिएको छ। यसबीचमा आवासमन्त्री रोवर्ट जेनरिकले मास्क अनिवार्यको नियम लागू नहुने जानकारी दिएका हुन्।
उनी भन्छन्,‘म विशेष रूपमा मास्क लगाउन चाहन्न, मलाई लाग्दैन कि धेरै व्यक्तिहरूले मास्क लगाउन रमाईलो मान्छन्।’ सीएनएन

-रोवर्ट जेनरिक
60
Shares

प्रतिक्रिया