समाज


सुजिताको शवनजिकै विषको बट्टा, घटना रहस्यमय!

सुजिताको शवनजिकै विषको बट्टा, घटना रहस्यमय!

नेपालखबर
असार २१, २०७८ सोमबार १५:३३,

९ दिनदेखि बेपत्ता युवती मृत भेटिएपछि आन्दोलित स्थानीयका कारण चितवनको भण्डारास्थित अवरुद्ध पूर्वपश्चिम राजमार्ग अझै खुलेको छैन।

यही असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर घरबाट निस्केकी चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारी आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा मृत फेला परेकी हुन्। 

उनको हत्या भएको भन्दै दोषी पत्ता लगाउन माग राखेर आफन्त एवं स्थानीयले राजमार्गमा बिहानैदेखि विरोध प्रदर्शन गरेका हुन्। 

राजमार्ग खुलाउनका लागि आन्दोलनकारीसँग सहमतिको प्रयास भइरहेको चितवनका प्रहरी प्रमुख ओम अधिकारीले जानकारी दिए। 

‘अब हामी वार्ताका लागि जाँदै छौं,’ एसपी अधिकारीले सोमबार अपराह्न नेपालखबरसँग भने। 

‘विशुद्ध अनुसन्धान गर्नुपर्ने’ विषयमा पनि अनावश्यक बाधा विरोध गरिएको एसपी अधिकारीले गुनासो गरे। 

हत्या हो वा आत्महत्या अहिले खुल्न नसकेको एसपी अधिकारीले बताए। 

‘हत्याजस्तो पनि देखिन्छ,’ उनले भने, ‘तर शवनजिकै विषको बोतल पनि भेटिएको छ।’

‘पोस्टमार्टका लागि शव भरतपुर अस्पताल ल्याउँदै छौं,’ एसपी अधिकारीले भने, ‘पोस्टमार्टम रिपोर्टपपछि मात्रै वास्तविकता खुल्ला।’

सुजिताले घरबाट निस्केको दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताएका छन्। 

तर अपहरणबारे पनि अहिले कुनै तथ्य फेला नपरेको प्रहरीले जनाएको छ। घटनाबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad