समाज


मायामीमा भवनले पुरिएर बेपत्ता भएका १२१ लाई उद्धार नगरी बाँकी रहेको भवन भत्काइयो (भिडिओ)

मायामीमा भवनले पुरिएर बेपत्ता भएका १२१ लाई उद्धार नगरी बाँकी रहेको भवन भत्काइयो (भिडिओ)

मायामीकाे अपार्टमेन्ट


नेपालखबर
असार २१, २०७८ सोमबार १२:४५,

१२ दिन अगाडि अमेरिकाको फ्लोरिडा राज्यमा एउटा १२ तले अपार्टमेन्टको आधा भाग भत्किएको थियो।

मायामीस्थित च्याम्पलेन टावर्स भत्किँदा हालसम्म २४ जनाको मृत्यु भएको छ। सो घटनामा १२१ जना बेपत्ता छन्।

उनीहरुलाई भवनले पुरेको छ। अधिकारीहरुका अनुसार बेपत्ता भएकाहरुलाई जीवित्तै भेटिने सम्भावना टरेर गएको छ।

यसबीचमा ती पुरिएर बेपत्ता भएका १२१ को उद्धार नगरी बाँकी रहेको भवन पनि भत्काइएको छ। बीबीसीका अनुसार बाँकी रहेको भवन पनि भत्किने सम्भावना बढेकाले त्यसलाई भत्काउनु परेको हो।

यसरी भत्काइयो बाँकी रहेको भवन (भिडिओ)

बाँकी भवन पहिलै भत्किएको पट्टी नखसेको जनाइएको छ। यसअघि उद्धार कार्य जारी रहँदा भवन भत्किएर उद्धारकर्मीमाथि खस्ने सम्भावना थियो। 

अब भने उद्धार कार्यमा सहज भएको बताइएको छ।

सन् २०१८ मा इन्जिनियरहरुले यस भवनमा त्रुटि रहेको पाएका थिए। इन्जिनियरहरुका अनुसार भवनमा आपूर्ति हुने पानी चुहेर भवनको जगमा गएर बस्ने गरेको थियो।

पानीले जगका फलाम कमजोर बनाएपछि भवन भत्किएको हुनसक्ने अनुमान गरिएको छ। बीबीसी

पहिले यसरी भत्काइएको थियो (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad