ad ad

कला


आमिर खान र किरण रावबीच सम्बन्धविच्छेद

आमिर खान र किरण रावबीच सम्बन्धविच्छेद

आमिर र किरण


नेपालखबर
असार १९, २०७८ शनिबार १२:३७,

बलिउड अभिनेता आमिर खान र उनका श्रीमती किरण रावबीच सम्बन्धविच्छेद भएको छ।

शनिबार खान र राव दुवैले एक बयान जारी गर्दै आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न राजी भएको जानकारी दिएका हुन्।

संयुक्त बयानमा आमिर र किरणले जीवनको नयाँ अध्याय सुरुवात गर्न चाहेको बताएका छन्।

उनीहरुले भनेका छन्,‘१५ वर्षको सुन्दर यात्रामा हामीले आनन्दका साथ जीवनकालको अनुभव गर्यौं। हाम्रो सम्बन्ध केवल विश्वास, आदर र प्रेमका साथ अगाडि बढेको थियो। अब हामी हाम्रो जीवनको नयाँ अध्याय सुरू गर्न चाहन्छौं।’

I love reading film books: Aamir Khan | India.com

उनीहरुले श्रीमान र श्रीमतीको सम्बन्धलाई त्यागेर अब आफ्ना छोराछोरीको सह–अभिभावकको रुपमा र भिन्दै परिवार भएर अगाडि बढ्ने बताएका छन्।

उनीहरुबाट १० वर्ष अगाडि एक छोरा जन्मिएको थियो। छोरा आजाद खानलाई दुवैले राम्रो पालनपोषण गर्ने बताएका छन्। 

५६ वर्षका आमिर र ४७ वर्षकी रावबीच सन् २००१ मा चर्चित चलचित्र ‘लगान’को सेटमा भेट भएको थियो। 

सन् २००५ मा उनीहरुले विवाह गरेका थिए। सन् २०११ मा उनीहरुबाट छोरा आजादको जन्म भएको थियो।

श्रीमती रावकै लगानीमा आमिरको नयाँ चलचित्र ‘लाल सिंह चड्डा’ रिलिज हुने क्रममा छ। यो चलचित्र ओस्कार अवार्ड विजेता टम ह्यांक्स अभिनित चलचित्र ‘फरेस्ट गम्प’को रिमेक हो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .