ad ad

राजनीति


अमेरिकी संसद्की प्रवक्ताको दाबी : राष्ट्रपति ट्रम्पले अब तुरुन्त कार्यालय छाड्नेछन्

अमेरिकी संसद्की प्रवक्ताको दाबी : राष्ट्रपति ट्रम्पले अब तुरुन्त कार्यालय छाड्नेछन्

नेपालखबर
पुस २५, २०७७ शनिबार ०:७,

अमेरकी संसद्की प्रवक्ता नान्सी पेलाेसीले राष्ट्रपति डाेनाल्ड ट्रम्पले तुरुन्त कार्यालय छाड्ने दाबी गरेकी छन्।

स्वेच्छाले नहटे उनलाई सांसदले कारबाही गर्ने पनि पेलाेसीले बताएकी छन्।  

यस क्रममा उनले ५० वर्षअघि राष्ट्रपति निक्सनले जिद्दी गर्दा कसरी राजीनामा दिन बाध्य पारिएकाे थियाे भन्ने स्मरण गराइन्। 

प्रवक्ता पेलाेसीले आज राष्ट्रपति ट्रम्पले ठीक त्यस्तै राष्ट्रद्रोही काम गरेकाे आराेप पनि लगाइन्। उनले संसद्का रिपब्लिकन सिनेटले त्याे उदाहरण दिँदै ट्रम्पलाई राष्ट्रपतिकाे कार्यालय ह्वाइट हाउस छाड्न आग्रह गरेकाे जानकारी दिइन्।

गत बुधबार एक समूहले अमेरिकी संसद् भवनभित्रै छिरेर हिंसात्मक आक्रमण गरेको थियो। जतिबेला सांसद नवनिर्वाचित राष्ट्रपति जाे बाइडेनकाे जितलाई प्रमाणित गर्ने विषयमा छलफल गरिरहेका थिए।  त्यस झडपमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ भने घाइते प्रहरी अधिकारी ब्रायन डी सिकनिकको पनि उपचारका क्रममा निधन भएको छ।

प्रवक्ता पेलोसीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कारबाही हुने बताएकी छन्।

त्यो आक्रमण बाइडेनकाे विजय अस्वीकार गरिरहेका ट्रम्पकै उक्साहटमा भएकाे आरोप लगाइएको छ तर ट्रम्पले ती मानिस आफ्ना समर्थक नभएको दाबी गरेका छन्।

त्यसयता ट्रम्पको व्यापक आलोचना भइरहेको छ भने अमेरिकी सांसदले उनलाई तुरुन्त कार्यालय छाड्न अन्यथा महाभियोग लगाउने चेतावनी दिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .