फेसबुकका संस्थापक मार्क जुकरबर्ग विश्वका पाँचौ धनाढ्य व्यक्ति हुन्। फोर्ब्सका अनुसार उनीसँग ६६.६ अर्ब अमेरिकी डलर सम्पत्ति छ।
नेपालीमा गणना गर्दा उनको सम्पत्ति ७५ खर्बभन्दा बढी हुन आउँछ।
यतिबेला तिनै खर्बपति तथा अर्बपति जुकरबर्गले यतिबेला ‘अर्बपति’ बन्न संसारका कोही व्यक्ति लायक नभएको अभिव्यक्ति दिएका छन्।
अमेरिकी डेमोक्रेटिक पार्टीका नेता तथा आगामी वर्ष राष्ट्रपतिको सम्भावित उमेदवारको रुपमा हेरिएका बर्नि स्यान्डर्सले केही दिन अगाडि ‘एक व्यक्तिमा अत्याधिक धन’ उपयुक्त नभएको टिप्पणी गरेका थिए।
जुकरबर्गले बिहीबार आफूले स्यान्डर्सको टिप्पणीलाई स्वीकार गरेको बताएका छन्। एजेन्सी

प्रतिक्रिया