हामी कहिलेकाहीँ पृथ्वीबाट चन्द्रमामा अथवा अन्तरिक्षमा जान पाए पनि हुन्थ्यो भन्ने सोच्छौं।
यदी तपाइँको अन्तरिक्षयात्री बन्ने चाहना छैन भनेपनि अब अन्तरिक्षमा जाने सम्भावना भने बढेर गएको छ।
अन्तरिक्षमा होटल बनाउने अवधारणा सहित अमेरिकी राज्य क्यालिफोर्नियाको कम्पनी द गेटवे फाउन्डेसनले अन्तरिक्ष स्टेसन भोन ब्राउन स्टेसनमा होटल बनाउने योजना सार्वजिनक गरेका छन्।
यसका कारण हामी निकट भविष्यमा होटल ग्राहकका रुपमा अन्तरिक्ष जान सक्नेछौं।

फाउन्डेसनले अन्तरिक्षमा बनाइने होटलको डिजाइन पनि सार्वजनिक गरेका छन्।
फाउन्डेसनका अनुसार सन् २०२५ र २०२७ सम्ममा अन्तरिक्ष होटल बनाउने योजना राखिएको छ।
यसअघि अन्तरिक्षलाई पर्यटकीय क्षेत्र बनाउने विषयमा अमेजनका कार्यकारी अधिकृत जेफ बेजास तथा स्पेस एक्सका प्रमुख एलन मस्कबीच पनि कुराकानी भएको थियो।
उक्त कार्यकालागि उनीहरुले पनि भविष्यमा सहकार्य जनाएका छन्।
अन्तरिक्ष होटलबाट ताराहरु तथा मनमोहक दृश्यहरु देखिने अनुमान गरिएको छ। एजेन्सी


प्रतिक्रिया