जापानको प्रविधि कम्पनी एएलआइ टेक्नोलोजीले सन् २०२२ सम्म उड्ने मोटरबाइक आफूले बेच्ने बताएको छ।
कम्पनीका कार्यकारी अधिकारी सुही कोमाट्सुले सन् २०२२ सम्म उड्ने मोटरबाइक आफ्नो कम्पनीले ग्राहकलाई वितरण गरिसक्ने बताएका हुन्।
यस प्रविधि कम्पनीेले विशेषगरी साना ड्रोनहरु निर्माण गर्दछ। यस बाइकसमेत ड्रोन शैलीमा निर्माण गरिने बताइएको छ।
कम्पनीले आफ्नो बाइक कस्तो हुने भनेर परीक्षण गरेरसमेत देखाएको छ। यस्ता बाइक धेरै सवारीको चाप हुने स्थानमा प्रयोग गर्न सकिने कम्पनीको धारणा रहेको छ।
जापान टाइम्सका अनुसार साना कारहरुको हाराहारीमा उड्ने बाइकको मूल्य हुने जनाइएको छ।
(भिडियो)
प्रतिक्रिया