चिनियाँ प्रविधि कम्पनी हुवावेले अमेरिकास्थित आफ्नो कार्यालयबाट ६ सय कर्मचारीको कटौती गरेको छ।
अमेरिकी प्रतिबन्ध र दवाव जारी भएका कारण आफूहरु कर्मचारी कटौती गर्न बाध्य भएको हुवावेले जनाएको छ।
हुवावेले आफ्नो अनुसन्धान कम्पनी फ्युचरवेबाट ६ सय कर्मचारी कटौती गरेको हो।
‘यस्तो निर्णय गर्दा सजिलो महशुस भएको छैन।’ हुवावेले भनेको छ,‘यद्यपी फ्युचरवेले अमेरिकी कानुन र नियमहरुको पालना गर्दै आफ्नो काम अगाडि बढाउने छ।’
हुवावेले यस अगाडि नै अमेरिकालाई दवाव र प्रतिबन्ध जारी भए अमेरिकी नागरिकले जागिर गुमाउने चेतावनी दिएको थियो।
अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेको छ। हुवावेका सामाग्री चीनको जासुसीको माध्यम भएको अमेरिकी दाबी छ।
हुवावेले अमेरिकी भनाइ अस्वीकार गर्दै आएको छ। हुवावेले भनेको छ,‘यदी हामीलाई अमेरिका बाटै हटाइए पनि ठिक छ। तर दिगो रुपमा अमेरिकाले घाटा खानेछ।’ एजेन्सी
Shares

प्रतिक्रिया