ad ad

प्रविधि


ट्वीटरले पहिलोपटक अमेरिकी राष्ट्रपतिको ट्वीटलाई झुठो भन्यो, ट्रम्प आक्रोशित

ट्वीटरले पहिलोपटक अमेरिकी राष्ट्रपतिको ट्वीटलाई झुठो भन्यो, ट्रम्प आक्रोशित

नेपालखबर
जेठ १४, २०७७ बुधबार ७:१२,

चर्चित सामाजिक सन्जाल ट्वीटरले पहिलोपटक ट्रम्पको ट्वीटलाई झुठो भएको बताएपछि ट्रम्प ट्वीटरसँग रुष्ट बनेका हुन्।

ट्रम्पको दुई ट्विटमा ट्वीटरले ‘फ्याक्ट–चेक’ चेतावनी चिन्ह राखिदिएको छ।

यस विषयमा ट्रम्प भन्छन्,‘ट्वीटरले वाक स्वतन्त्रताको हनन् गरेको छ। म राष्ट्रपति भइन्जेल यस्तो हुन दिन्न।

चेतावनी चिन्ह राखिएको ट्रम्पको एक ट्वीटमा भनिएको छ,‘पोस्टल मतदानमा धाँधली हुने पुरा सम्भावना छ। मेल बक्स पनि चोरी हुनसक्छ र नक्कली मतदान आयोजना हुनसक्छ।’

सीएनएन र वासिङ्टन पोस्टको समाचारको आधारमा ट्रम्पको ट्वीटरलाई ट्वीटरले झुठो भनेको हो। ट्वीटरका अनुसार ट्रम्पको ट्वीटले भ्रष्टाचार र चुनावमा धाँधली हुने कार्यलाई बढावा दिन्छ।

ट्रम्पले ट्वीटरले अमेरिकी राष्ट्रपतिय निर्वाचनमा हस्तक्षेप गरेको पनि आरोप लगाएका छन्।

ट्रम्पले भनेका छन्,‘ट्वीटरले सन् २०२० को राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरिरहेको छ। त्यसैकारण ट्वीटरले सीएनएन र वासिङ्टन पोस्टको फ्याक्ट चेकिङ समाचारलाई आधार मानिरहेको छ।’

ट्रम्पले सीएनएन र वासिङ्टन पोस्टलाई दोहोर्याउँदै फेक न्युज भन्ने गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .