प्रविधि


नयाँ उत्पादन सार्वजनिक गर्दै एप्पल, के ८७ हजार रुपैयाँमा आउला म्याकबुक?

नयाँ उत्पादन सार्वजनिक गर्दै एप्पल, के ८७ हजार रुपैयाँमा आउला म्याकबुक?

नेपालखबर
फागुन १७, २०८२ आइतबार १४:०, काठमाडौँ

टेक जायन्ट एप्पलले मार्च २ तारिख (फागुन १८) देखि आफ्ना नयाँ उत्पादनहरूको 'स्पेक्टाकुलर' सिरिज सार्वजनिक गर्ने पुष्टि गरेको छ। यो लन्च इभेन्टमार्फत एप्पलले आईफोन, म्याक, आईप्याड र होम डिभाइससहित आफ्नो लगभग पूर्ण इकोसिस्टमलाई नै 'रिफ्रेस' गर्ने अपेक्षा गरिएको छ।

विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एप्पल इन्टेलिजेन्स) लाई केन्द्रित गर्दै एप्पलले यो वर्ष सफ्टवेयर र हार्डवेयरको बलियो फ्युजन ल्याउने तयारी गरेको हो।

एप्पलका सीईओ टिम कुकले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मा उत्साह भर्दै लेखेका छन्— “अगाडि एउटा ठूलो हप्ता छ। यो सबै सोमबार बिहानबाट सुरु हुँदैछ!” उनले 'ह्यास्ट्याग एप्पल लञ्चच' प्रयोग गर्दै मार्च ४ मा एक 'स्पेशल एक्सपिरियन्स' मार्फत साताभरिको घोषणालाई बिट मार्ने संकेत दिएका छन्।

आईफोन १७ई: बजेट सेगमेन्टमा प्रिमियम पावर
एप्पलले सस्तो आईफोनको खोजीमा रहेका प्रयोगकर्ताका लागि आईफोन १७-ई ल्याउँदैछ। यसमा आईफोन १७ लाइनअपमा प्रयोग हुने शक्तिशाली 'एआई' प्रोसेसर रहने चर्चा छ।

टेक पोर्टल 'म्याक रुमर्स'का अनुसार— “एप्पलले आईफोन १७ई मा पुरानै डिजाइनलाई निरन्तरता दिए पनि भित्री प्रविधिमा भने ठूलो फड्को मार्नेछ, जसले एआई टास्कहरूलाई सहज बनाउनेछ।”

यसमा ६.१ इन्चको डिस्प्ले, ४८ मेगापिक्सेलको रियर क्यामेरा र १८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहने दाबी गरिएको छ।

म्याकबुक सिरिज: एम-५ चिप र 'सस्तो म्याकबुक' को चर्चा
एप्पलले आफ्ना व्यावसायिक प्रयोगकर्ताका लागि एफ-५ प्रो र एम-५ म्याक्स चिपसहितका १४ र १६ इन्चका म्याकबुक प्रो मोडलहरू सार्वजनिक गर्दैछ। म्याकबुक एयरमा पनि एम-४ बाट सिधै एम-५ चिपमा अपग्रेड हुने सम्भावना छ।

यस पटकको सबैभन्दा ठूलो सरप्राइज 'बजेट म्याकबुक' हुनसक्छ। विभिन्न रिपोर्टहरूका अनुसार— “ए १८ प्रो चिपमा आधारित यो म्याकबुकको कार्यक्षमता एम-१ चिप सरह हुनेछ र यसको मूल्य ५९९ डलर (अर्थात् राष्ट्र बैंकले आइतबारका तोकेको अमेरिकी डलरको विनिमयदर अनुसार करिब ८७,००० नेपाली रुपैयाँ) बाट सुरु हुन सक्छ।” यदि यो मूल्यमा आएमा विन्डोज ल्यापटपको यो बलियो प्रतिस्पर्धी बन्नेछ।

आईप्याड र डेस्कटप लाइनअपमा अपग्रेड
आईप्याड १२ र एयर: आईप्याड १२ मा ए-१८ वा ए-१९ चिप र ११ इन्चको डिस्प्ले रहनेछ भने आईप्याड एयर अब एम-४ चिपमा सिफ्ट हुनेछ।

 भिडियो एडिटर र थ्रीडी प्रोफेसनलका लागि एम-५ अल्ट्रा चिपसहितको नयाँ 'म्याक स्टुडियो' आउँदैछ। साथै, ३२ इन्चको ६-के रिजोलुसन भएको नयाँ 'स्टुडियो डिस्प्ले' पनि पाइपलाइनमा छ।

होम एण्ड इन्टरटेनमेन्ट
एप्पलले होम डिभाइसमा पनि नयाँपन दिँदैछ। नयाँ एप्पल टिभी ४के मा ए-१८ चिप रहनेछ, जसले टिभीबाटै फेसटाइम कल गर्न सकिने सुविधा दिनेछ। त्यस्तै, वाइफाइ-७ सपोर्ट गर्ने होमपड मिनी-२ पनि सार्वजनिक हुने अपेक्षा छ।

ब्लुमबर्गका टेक एनालिस्ट मार्क गुरम्यानले टिप्पणी गरेका छन्— “एप्पलले मार्चको यो साताभरि गर्ने घोषणाले उसको इकोसिस्टमलाई थप शक्तिशाली र एकीकृत बनाउने लक्ष्य राखेको छ।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad