अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी विल्मोरलाई पृथ्वीमा फिर्ता ल्याउन क्रु-१० टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुगेको छ।
टोलीमा नासाका एनी म्याक्क्लेन र निकोल आयर्स, जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीका ताकुया ओनिशी र रोस्कोसमोसका अन्तरिक्ष यात्री किरिल पेस्कोभ छन्।
यो टोलीले अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी विल्मोरलाई प्रतिस्थापन गर्नेछ।
अन्तरिक्षयान क्रु ड्र्यागन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा जडान भएको छ।
यसैबीच अर्बपति व्यापारी इलोन मस्कले एक्समा लेखेका छन्, ‘स्पेसएक्स ड्र्यागनले केही दिनमा अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउनेछ।
अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोर झन्डै ९ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा फसेका छन्।
उनीहरू २०२४ जुन ५ मा यस परीक्षण अभियानका लागि स्टारलाइनर अन्तरिक्ष यानमा प्रस्थान गरेका थिए।
आठ दिनमै फर्किने भनिएकामा स्टारलाइनर अन्तरिक्ष यानमा समस्या देखिएपछि उनीहरू यति लामो समय उतै अड्किएका हुन्।
Shares

प्रतिक्रिया