राजनीति


मुलुकमा अराजकताले प्रश्रय पाइरहेको छ : सांसद श्रेष्ठ

मुलुकमा अराजकताले प्रश्रय पाइरहेको छ : सांसद श्रेष्ठ

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १५:४०, काठमाडौँ

नेकपा (एमाले)का सांसद लिलानाथ श्रेष्ठले मुलुकमा अराजकता र उदण्डताले प्रश्रय पाएको बताएका छन्।  प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले सामाजिक सञ्जालमा हेर्न नसकिने शब्दहरू भेटिने गरेको उनको भनाइ छ। 

नेतृत्वविरुद्ध हुटिङ गर्ने र अपशब्द प्रयोग गर्ने कुरामा दलका कार्यकर्ताहरू रमाइरहेको उनको जिकिर छ। 

‘आज देशमा अराजकता, उदण्डताहरूले प्रश्रय पाएको छ। आज सामाजिक सञ्जालहरूमा हेर्नै नसकिने शब्दहरू लेखिएको हुन्छ। आज देशमा अपशब्दहरू प्रयोग गर्ने, हुटिङ गर्ने कुरामा हाम्रा दलका साथीहरू रमाइरहेका छन्,' उनले भने, 'हामीले यस्तो समाज निर्माण गर्यौंं भने हामी देश कतातिर लग्नसक्छ?’

उनले संसद्को ध्यानसमेत मुलुकको विकास र जनहितमा जान नसकेको टिप्पणी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad