ad ad

प्रविधि


वैज्ञानिकले पत्ता लगाएः तनावका कारण कपाल किन फूल्छ?

वैज्ञानिकले पत्ता लगाएः तनावका कारण कपाल किन फूल्छ?

नेपालखबर
माघ ९, २०७६ बिहिबार ९:३१,

वैज्ञानिकहरुले तनावका कारण पनि कपाल फुल्ने पत्ता लगाएका छन्। त्यसलाई रोक्ने सम्भाव्य विधि पनि पत्ता लगाएको उनीहरुको भनाइ छ।

अमेरिकी र ब्राजिली वैज्ञानिकहरुले यसबारे मुसामा परीक्षण गरेका थिए। दुखाइबाट उत्पन्न तनावका कारण कालो रौँ भएको मुसा केही सातामै सेतो बनेको थियो।

प्राकृतिक रुपमा महिला वा पुरुषको कपाल प्रायः ३० नाघेपछि फूल्न थाल्छ। तर, अत्यधिक तनाव हुने हो भने त्यसले कपाल चाँडै फूलाउने वैज्ञानिकहरुको भनाइ छ।

mouse-white.JPG

तनावका कारण कपाल किन फूल्छ त?

यो मानिसको मेलानोसाइट स्टेम सेलसँग सम्बन्धित भएको वैज्ञानिकहरुको भनाइ छ। यो स्टेम सेलले मेलानिन उत्पन्न गर्छ। जसले कपाल र छालाको रङ निर्धारण गर्छ।

तर तनावले यो तत्वमा क्षति पु¥याउँछ। र, यस्तो क्षति स्थायी हुने गर्छ।

साथै, वैज्ञानिकहरुले अर्को परीक्षणमा यसको सम्भावित औषधि पनि फेला पारेका छन्। उच्च रक्तचापको उपचारमा दिइने औषधिले त्यो क्षतिलाई रोक्नसक्ने वैज्ञानिकहरुको अनुमान छ। यो अध्ययन नेचर जर्नलमा प्रकाशित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .