ad ad

कारोबार


नेपाल एयरलाइन्सले नारिता र ग्वान्जाओमा हप्ताको ३–३ उडान भर्ने

नेपाल एयरलाइन्सले नारिता र ग्वान्जाओमा हप्ताको ३–३ उडान भर्ने

नेपालखबर
माघ ९, २०७६ बिहिबार ९:४०,

नेपाल एयरलाइन्सले जापानको नारिता र चीनको ग्वान्जाओमा हप्ताको ३–३ उडान भर्ने भएको छ।

एयरलाइन्सले फागुन १९ गतेदेखि नारिता र चैत २ गतेदेखि ग्वान्जाओ उडान गर्ने जनाएको हो।

काठमाडौं–नारिता दुईतर्फि भाडादर ८० हजार रहेको कर्पोरेट प्रमुख अर्चना खड्काले जानकारी दिइन्। उनले सोमबार, बुधबार र शुक्रबार नारिता उडान हुने बताएकी छन्। यसको लागि टिकट बुकिङ खुलिसकेको जानकारी दिइन्।

यसअघि नेपाल एयरलाइन्सले जापानको ओशाका उडान भर्दै आएको छ। ओसाका टोकियोभन्दा टाढा रहेकाले नेपालीका लागि अपायक परेको भन्दै आलोचना हुँदै आएको थियो।

नेपाल वायुसेवा निगमलाई घाटा पुर्‍याउने गरी मदन खरेलले नारिता उडान छाडी किन ओशाका उडान गरेको भन्दै संञ्चालक समितिले स्पष्टीकरण समेत सोधेको थियो। खरेलले नेपाल वायुसेवा निगमबाट राजीनामा दिइसकेका छन्।

त्यस्तै चीनको ग्वान्जाओमा आइतबार, मंगलबार र बिहीबार उडान हुने कर्पोरेट प्रमुख खड्काले बताएकी छन्। टिकट दर भने छिट्टै सर्वाजनिक बताएकी छन्।।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .