ad ad

प्रविधि


विश्वकै शक्तिशाली टेलिस्कोप चीनमा सञ्चालन, ब्रम्हाण्डको रहस्य खोजीमा सहयोगी हुने

विश्वकै शक्तिशाली टेलिस्कोप चीनमा सञ्चालन, ब्रम्हाण्डको रहस्य खोजीमा सहयोगी हुने

नेपालखबर
माघ ४, २०७६ शनिबार ७:५९,

दक्षिण चीनमा पहाडहरूको बीचमा सबैभन्दा ठूलो र शक्तिशाली रेडियो टेलिस्कोप निर्माण गरिएको हो। यसै महिनाको १२ तारिखदेखि टेलिस्कोप पूर्णरूपमा सञ्चालनमा आएको बीबीसीले जनाएको छ।

यसको औपचारिका नाम ‘फाइभ–हन्ड्रेड–मिटर एपेर्चर स्पेरिकल टेलिस्कोप’ हो तर यसको छोटकरी रूप एफएएसटी अर्थात ‘फास्ट’ रहेको छ।

चीनले यसलाई दिएको उपनाम भने ‘आकाश आँखा’ हो।

फास्टले ब्रह्माण्डका सबैभन्दा पर र अँध्यारो किनाराहरूमा यसको उत्पत्ति र अन्य जीवका बारेमा खोज गर्नेछ।

नाम राखिए झै यो टेलिस्कोप व्यास आधा किलोमिटर रहेको छ। अमेरिकाको प्वेर्टो रिकोमा रहेको दोस्रो ठूलो रेडिओ टेलिस्कोपको व्यास ३०५ मिटर मात्रै रहेको छ।

Image result for Five hundred meter Aperture Spherical Telescope

सन् २०१६ को सेप्टेम्बरमा फास्टको निर्माण पूरा नभएसम्म त्यो सबैभन्दा ठूलो रेडिओ टेलिस्कोप थियो।

फास्ट सबैभन्दा ठूलो मात्रै होइन्, अहिले भएका सबै रेडिओ टेलिस्कोपभन्दा २.५ गुणाले बढी संवेदनशील छ।

यसको निर्माण सन् १९९० को दशकमा शुरू भएको थियो। यसका निर्माताहरूले यसले ब्रह्माण्डको उत्पत्ति र विकासका बारे नयाँ नयाँ कुरा पत्ता लगाउने अपेक्षा राखेका छन्।

यसको मुख्य काम गुरुत्वाकर्षण तरङ्गको खोजसँग सम्बन्धित रहेको छ यसले अन्तरिक्षमा भएका नचिनिएका पदार्थ र अन्य ग्रहका जीवका सम्भावित सङ्केतहरूको अध्ययन गर्नेछ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .