ad ad

प्रविधि


अब ह्वाटसएपमा मेसेज सम्पादन गर्न सकिने

अब ह्वाटसएपमा मेसेज सम्पादन गर्न सकिने

नेपालखबर
बैशाख ३१, २०८० आइतबार ८:५१, काठमाडौँ

सामाजिक सञ्जालमध्ये ह्वाट्सएप संसारमा व्यापक प्रयोग गरिने मेसेज प्लेटफर्ममध्ये एक हो। पछिल्लो समय मेटाले यसमा निरन्तर नयाँ सुविधा थप्ने काम गरिरहेको छ।

मेटाले अब ह्वाट्सएपमा मेसेज इडिट विकल्पको परीक्षण सुरु गरेको छ। सन् २०१६ मा यस्तै फिचर टेलिग्रामले ल्याएको थियो। छिट्टै ह्वाट्सएपका सबै प्रयोगकर्ताका लागि सार्वजनिक गर्ने तयारी गरिएको इडिट विकल्प अहिले बीटा परीक्षण प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ।

डब्लूएबेटाइन्फोमा आफूले पठाएका मेसेज सम्पादन गर्ने सुविधा प्रदान गरिएको छ। परीक्षणका क्रममा रहेको यो फिचर एन्ड्रोइड बिटा परीक्षकहरूका लागि सम्पादन बटन रोल आउट गर्न सुरु गरिएको छ। व्हाट्सएपले यो हप्ताको सुरुमा व्हाट्सएप वेबमा सम्पादन सुविधा ल्याएको थियो, अब कम्पनीले यसलाई एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि पनि ल्याइरहेको छ।

चाँडै सबै प्रयोगकर्ताका लागि ल्याउने तयारी गरिएको यो फिचरमा ओभरफ्लो मेनुअन्तर्गत नयाँ सम्पादन बटन देख्न सकिनेछ। जसमार्फत प्रयोगकर्ताहरूले आफूले सम्पादन गर्न चाहेको सन्देशमा लामो प्रेस गरेर शीर्ष दायाँ कुनामा तीनवटा थोप्लाहरूमा ट्याप गरी इडिट गर्न सक्नेछन्।

तर तपाईंले पठाएको मेसेज इडिट गरिएको जानकारी भने मेसेज पठाएको व्यक्तिले थाहा पाउन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .