ad ad

प्रविधि


नेपाल-यूएईबीचको खेल युट्युबको ट्रेन्डिङमा, दोस्रोमा धकेलियो ‘सकम्बरी’

नेपाल-यूएईबीचको खेल युट्युबको ट्रेन्डिङमा, दोस्रोमा धकेलियो ‘सकम्बरी’

नेपालखबर
बैशाख २०, २०८० बुधबार ७:४०, काठमाडौँ

मंगलबार सम्पन्न नेपाल-यूएईबीचको फाइनल खेल युट्युब ट्रेन्डिङको शीर्षस्थानमा आएको छ।

ओएसआर स्पोर्टसले १८ घण्टाअघि अपलोड गरेको फाइनल खेलको भिडिओ १५ लाखले हेरेका छन्।

एसीसी प्रिमियर कपको मंगलबार भएको फाइनलमा यूएईलाई हराएपछि नेपाल २१ वर्ष लामो प्रतिक्षापछि एसिया कप क्रिकेट प्रतियोगितामा पुगेको छ। 

मंगलबार भएको फाइनल भिडन्तमा यूएईलाई ७ विकेटले पराजित गरेपछि नेपालले २१ वर्ष लामो प्रतिक्षा टुंग्याएको हो। यसअघि नेपालले सन् २००२ मा एसिया कपमा यात्रा गरेको थियो। यस पटक पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ। 

युट्युब ट्रेन्डिङको शीर्षस्थानमा रहेको प्रकाश सपूतको गीत सकम्बरी (फूलमाया) दोस्रो स्थानमा झरेको छ। दुई साताअघि अपलोड गरिएको उक्त गीत अहिलेसम्म २१ लाखले हेरेका छन्।

ट्रेन्डिङको तेस्रो र चौंथो स्थानमा पनि नेपाल-यूएईबीचको खेलको भिडिओ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .