ad ad

प्रविधि


‘एआई गडफादर’ले जागिर छाड्दै भने- जीपीटीले चाँडै मानव मस्तिष्क ओभरटेक गर्छ

‘एआई गडफादर’ले जागिर छाड्दै भने-  जीपीटीले चाँडै मानव मस्तिष्क ओभरटेक गर्छ

नेपालखबर
बैशाख १९, २०८० मंगलबार ८:५८, काठमाडौँ

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विकासका गडफादरका रूपमा चिनिने डा. जेफ्री हिन्टनले गुगलबाट राजीनामा दिँदै आफ्नो कामबाट आफूलाई पश्चाताप भएको बताएका छन्।

७५ वर्षीय हिन्टनले एआई च्याटबट एकदमै डरलाग्दो भएको बताएका छन्।

जागिर छाड्दै उनले च्याटजीपीटीको विकासबाट बढ्न खतराबारे चेतावनी समेत दिएका छन्।

'उनीहरू (एआई उपकरण) अहिले हामीभन्दा बुद्धिमान छैनन्, तर मलाई लाग्छ उनीहरू चाँडै हुनसक्छन्,' उनले भनेका छन्।

डा. हिन्टन एआईबारे गहिरो अध्ययन गरेका एक प्रमुख अनुसन्धानकर्ता हुन्। उनले चाँडै एआईले मानव मस्तिष्कलाई ‌ओभरटेक गर्नसक्ने चेतावनी दिए।

'अहिले हामी के देखिरहेका छौँ भने जीपीटी-४ जस्ता एआई उपकरणलाई मान्छेले सामान्य ज्ञानको सामान्य सूचना दिन्छ, तर्कको सन्दर्भमा भने यो अहिले कमजोर छ,' उनले भनेका छन्, 'तर यसको विकास सँगै शक्तिशाली प्रयोगको चाहना बढ्छन्, त्यसकारण यसबारे चिन्ता गर्न आवश्यक छ।'

न्यूयोर्क टाइम्समा लेख लेख्दै उनले एआई खराब व्यक्तिहरूको हात लागेर दुरुपयोग बढ्ने चेतावनी दिएका छन्। 'भिलेनहरू खराब चिजका लागि एआईको प्रयोग गर्ने प्रयास गर्नेछन्,' उनले भनेका छन्, 'यो निकै खतरनाक अवस्था हो, यो एक दु:स्वप्न परिदृश्य हो।'

उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको उदाहरण दिँदै भनेका छन्, 'यसले आफ्नै उपलक्ष्यहरू बनाउन सक्छ।'

उनले मानव बौद्धिकता र  प्रविधिको बौद्धिकता नितान्त फरक भएको पनि बताएका छन्। 'हामी जुन किसिमको बौद्धिकताको विकास गरिरहेका छौँ त्यो हामीसँग रहेको बौद्धिकताभन्दा नितान्त फरक हो,' उनले भनेका छन्, 'हामी जैविक प्रणाली हौँ, यो डिजिटल। र डिजिटलमा यही फरक छ कि योसँगै एकै प्रकारको बौद्धिकताका हजारौँ प्रतिलिपि हुनेछन्।'

उनले आफूले गुगलको जागिर छाड्नुको कारण भने सेवानिवृत्तको उमेर भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .